विष्फोट न्युज
धरान,२९ जेष्ठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रथम अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित भएका छन्।
आफ्ना प्रतिष्पर्धीहरुलाई भारी मतान्तरले पछि पार्दै राई सभापतिमा निर्वाचित वनेका हुन ।
मोरङको विराटचोकमा सम्पन्न अधिवेशनमा आफ्ना तीन प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पार्दै राई प्रदेश नेतृत्वमा चुनिएका हुन्।
निर्वाचन समितिको अन्तिम मतपरिणाम अनुसार, सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये चन्द्र राईले २८० मत प्राप्त गरी विजयी वनेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ (सरिन)ले १४१ मत मात्र प्राप्त गरेकी थिइन ।
यस्तै, अन्य उम्मेदवारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्र कुमार गौलीले २७ मत प्राप्त गरेका छन्। खसेको मतमध्ये १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
यता पराजय वनेकी गोमा तामाङले भने परिणाम आई नसकी नै रास्वपा परित्याग गरेको घोषणा गरेकी छिन् ।




















