विष्फाेट न्युज
धरान,१७ कार्तिक ः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को कोषाध्यक्षमा सुवर्ण श्रेष्ठ चयन भएकाछन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सभापति तिलक राईले धरान २ पार्टी कार्यालयमा मंगलवार बसेको क्षेत्रीय समितिको बैठकले कोषाध्यक्षमा मनोनीत गरेको हो ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन पश्चात् मंगलबार कार्यसमितिको पहिलो बैठक बसेको थियो ।

बैठकले संगठन सुदृढीकरण, आचारसंहिता, आगामी निर्वाचनका बारेमा बृहत छलफल गर्ने निर्णय गरेको छ । पार्टी आम नागरिकहरू समक्ष पुग्ने कार्यक्रमहरू गर्ने गरी बैठकले प्रस्ताव पारित गरेको छ ।

बैठकमा क्षेत्रीय समितिका निवर्तमान सभापति सुजेन्द्र तामाङले नवनिर्वाचित सभापति तिलक राई सहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

बैठकले क्षेत्रीय समिति, नगर समिति, प्रदेश समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सम्मेलन प्रतिनिधि, वडा समितिको निर्वाचन सम्पन्न गर्ने निर्वाचन अधिकृतहरू निर्मला राई, विष्णु बराल र हर्ष सुब्बा लगायतलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।