विष्फोट न्युज 
धरान,१८ कार्तिक ःनेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहको सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा गणेश सुब्बा निर्वाचित भएका छन्।

क्षेत्रीय अधिवेशनसँगै प्रदेशसभा ‘क’ र ‘ख’ को सभापति समेत सर्वसम्मत चयन भएको छन।
बुधवार धरान–१९ धनकुटे रोड स्थित सुनसरी पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले तीनवटै तहका कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा सुब्बा निर्वाचित भएका छन्।

त्यस्तै,सचिवमा सन्दीप सुवेदी र नवीन ढकाल तथा सहसचिवमा मेरिना राईसहित ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।

यता प्रदेशसभा ‘क’ को सभापतिमा शालिग्राम आचार्य निर्वाचित भएका छन् भने उपसभापतिमा सुरज श्रेष्ठ र निमा लामा तथा सचिवमा श्री जल भट्टराईसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएकाछन् ।

 प्रदेश अधिवेशन प्रतिनिधिमा कोपिला मोक्तान, सन्दीप मोक्तान,विमला घिमिरे र चन्द्रमान तामाङ चयन भएका छन्।

प्रदेशसभा ‘ख’ को सभापतिमा ज्ञानबहादुर तामाङ निर्वाचित भएका छन् भने उपसभापतिमा प्रकाश बस्नेत तथा सचिवमा नरेन्द्र खड्कासहित २१ सदस्यीय कार्यसमिति सर्वसम्वत रुपमा चयन भएकाछन।

प्रदेश अधिवेशन प्रतिनिधिमा वर्षा गुरुङ र मनिल राई चयन भएका छन्।

अधिवेशनको अध्यक्षता १५औँ महाधिवेशन सुनसरी संयोजक सन्दिप श्रेष्ठले गरेका थिए। कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि लक्ष्मी खतिवडालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।