बिष्फाेट न्युज 

धरान,२२ चैत्रः सरकारले हप्तामा दुइदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

आइतवार वसेको मन्त्री परिषद वैठकले सो निर्णय गरेको हो ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि चैत २३ गते देखि यो समयावधि लागू हुनेछ ।