विष्फोट न्युज 

धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा  बिराट भेट्रान फुटबल क्लव बिजयी वनेको छ ।

दोस्रो क्वाटरफाइनल  खेलमा भरौल भेट्रान फुटबल क्लब लाई हराउदै विराट भेट्रान विजयी वनेको हो ।

खेलमा बिराट भेट्रान बिराटचौक  र भरौल भेट्रान्स फुटबल क्लव वीचको भएको खेलमा पहिलो हाफमा भरौल भेट्रान्सका जर्सि नं १३ का भोलासेन ठकुरीले १ गोल गर्दै अग्रता दिलाएका थिए त्यसको केही मिनेटमा नै  बिराट  भेट्रान्सका जर्सि नं १४ का प्रकाश थापाले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

पूवाद्धको पहिलो हाफको २४ औं मिनेटमा बिराट भेट्रानबाट पुन प्रकाश थापाले गोल गर्दै आफ्नो टिमलई 

२–१ को अग्रता दिलाउन सफल भएका थिए ।

त्यसैगरी पहिलो हाफको अन्तिम समयमा  बिराट भेट्रान्सका जर्सि नं ७ का डेनि राईले गोल गर्दै ३–१ को अग्रता दिलाएका थिए ।

उत्तराद्धको हाफको अन्तिम समयमा  बिराट भेट्रानका जर्सि नं ५ का देउमान लिम्बूले गोल गर्दै  ४–१ को अग्रता सहित आफ्नो टिमलाई विजयी वनाउन सफल भएका थिए । 

खेलको प्लेयर अफ द म्याच बिराट भेट्रान्सका जर्सि नं १४ प्रकाश थापा घोषित भएका थिए । प्लेयर अफ द म्याचको पुरस्कार धरानका पुर्ब राष्ट्रिय खेलाडी इन्दु रसाइलीले प्रदान गरेका थिए ।

यसरी नै भोलि (सोमवार)को खेल तेस्रो क्वाटरफाइनल आयोजक हाम्रो धरान भेट्रान्स, सुनसरी र बेलका भेट्रान्स  उदयपुर  बिच हुने आयोजक समितिका सचिव उमेश जिमिले जानकारी दिएकाछन् ।