विष्फोट न्युज
धरान,१७ भाद्रः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थीहरुले दीवा खाजाको पैसा वचाएर .रसुवा बाढी पीडीतको लागि सहयोग गरेकाछन् ।
विद्यार्थीहरुले वुधवारको खाजाको पैसा वचाएर रसुवाका वाढी पीडितका लागि सहयोग गरेका हुन ।
हिविस्कस बाल क्लवको आयोजनामा भएको सहयोग संकलनमा २० हजार ६ सय ९० रुपैया संकलन भएको क्लवका पूर्व अध्यक्ष प्रज्ञान राईले बताए ।
उनले एक दिनको खाजाको पैसा बचाउदा कसैलाई केही मात्रामा भएपनि सहयोग गर्न सकिन्छ भने किन नगर्ने भन्ने उदेश्यले सवै विद्यार्थीहरुबाट खाजाको पैसा संकलन गरीएको बताए ।
संकलित रकम क्लवका पदाधिकारीहरुले स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईलाई हस्तान्तरण गरेका थिए ।
निर्देशक राईले विद्यार्थीहरुले दिएको रकममा शिक्षक कर्मचारीहरुको तर्फबाट १ दिनको तलव बापत २२ हजार ५ सय ८० र र स्कुलको तर्फबाट २७ हजार ४ सय २० रुपैया थप गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरीने जानकारी दिएकाछन् ।
उनले एउटा नागरीकलाई समस्या भएको वेला अर्को नागरीकले सहयोग गर्नु आफ्नो कर्तव्य भएको वताए । समस्या परेको वेला आफ्नो ठाउबाट सकेकाे सहयोग गर्न सवैलाई अनुरोध समेत गरेकाछन् ।




















