विष्फोट न्युज
धरान,२१ भाद्रः हराइजन क्लब धरान–१७ को चौथो अधिवेशनबाट अध्यक्षमा कबिन थापामगर चयन भएका छन् ।
विहिवार भएको अधिवेशनले कबिन थापा मगरलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा साजन राई, सचिवमा विशालहाङ्ग राई, सहसचिवमा रोनिश काफ्ले र कोषाध्यक्षमा नाम्सारा मगर रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा अमृत राई सन्दीप, सर्वधन राई, मन बहादुर दर्जी, आकृती लिम्बु, सम्योग राई, सेनिता लिम्बु छन् ।
नवगठित कार्यसमितिलाई शुभकामना प्रकट गर्दै प्रमुख अतिथि धरान १७ का वडा सदस्य लक्ष्मण राईले बास्केटबलको विकासमा हराईजन क्लबले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउँदै क्लबको वार्षिक कार्यक्रमका लागी थप आवश्यक सहयोगको पहल गर्ने प्रतिबद्धता जनाए ।
नवनिर्वाचित अध्यक्ष कबिन थापा मगरले हराईजन क्लबमा रहेका प्रतिभाहरूलाई पहिचान गर्दै उनीहरूका लागि अवसर सिर्जना गर्ने, सामूहिक भावना लिएर नवगठित कार्य समिति अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेकाछन् ।
हराइजन क्लव राष्ट्रिय बास्केटबल प्रतियोगिताको संस्थापक र सञ्चालक संस्थाको रुपमा रहेको छ । धरानमा बास्केटवल खेललाई स्थापित गर्न यो क्लवको महत्वपूर्ण भूमिका रहेको छ ।




















