विष्फाेट न्युज
धरान,११ भाद्रः सुमेधा एजुकेशन नेटवर्क प्रालि धरान–१० ले प्रधानमन्त्री बाढी पीडित राहत तथा उद्धार कोषमा २ लाख रुपैयाँ जम्मा गरेको छ ।
प्रा.लि.ले कर्मचारीको एक दिनको तलव र कम्पनीको तर्फबाट गरेर विहिवार सो रकम जम्मा गरेको हो ।
प्रालिका सुरेन्द्र घिमिरेले एनएमबी बैङ्कको धरान शाखा मार्फत प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका हुन ।
सहयोग राशी सुमेधाको २६ जना कर्मचारीको एक दिनको तलबबाट २६ हजार ५०० रुपैयाँ र बाँकी १ लाख ७३ हजार ५०० रुपैयाँ कम्पनीको तर्फबाट सहयोग गरिएको घिमिरेले बताए ।
सुमेधाले विपद् प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको जनाउँदै आम नागरिक व्यक्ति तथा संस्थालाई राहत अभियानमा जोडिन आग्रह गरेको छ ।
एउटा नागरीकलाई विपत हुदा अर्को नागरीकले सहयोग गर्नु आफ्नो कतव्य र दायित्व भएको वताउदै सवैलाई सहयोग अपिल समेत गरेकाछन् ।




















