विष्फोट न्युज 

धरान,१५ भाद्रः साना किसान कृषि सहकारी संस्था लिमिटेड धरानको वार्षिक समिक्षा कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

स्थानीय कुलुङ संघको भवनमा आयोजित कार्यक्रममा २०८२÷२०८३ को समिक्षा गरीएको थियो ।

संघकी अध्यक्ष शिला राईले वार्षिक कार्यक्रमको विस्तृत विवरण प्रस्तुत गरेकी थिइन भने व्यवस्थापक विष्णु कुमार श्रेष्ठले संस्थाका गरेका विभिन्न कार्यक्रम र त्यसको प्रभावकारीताको विषयमा जानकारी गराएका थिए ।


छलफलमा आगामी आथिक वर्ष ८३÷०८४मा गर्नुपर्ने विभिन्न कार्यक्रमहरु संस्थाले गर्नुपर्ने सुधारहरु आगामी लक्ष्य प्राप्ती गर्नका लागि चाल्नु पर्ने कदमहरुका वारेमा शेयर सदस्यहरुबाट सुझावहरु लिइएको थियो ।

समिक्षा कार्यक्रमले संस्थालाई आगामी दिनमा अघि वढन थप बल पुग्ने संस्थाका प्रवन्धक विष्णुकुमार श्रेष्ठले वताए ।