विष्फाेट न्युज
धरान,१४ भाद्रः वृहत रक्तदान नाम दिइएको सुनसरी उद्योग वाणिज्य संघको रक्तदानमा ७३ पिन्ट रगत संकलन भएको छ ।
६३ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको हो ।
धरानको भानुचोकमा आयोजित कार्यक्रममा १ सय पिन्ट भन्दा बढी रगत संकलन गर्ने लक्ष्य लिएको भएपनि वर्षादका कारण लामो समय कार्यक्रम गर्न नसकीएकोले कम भएको संघका महासचिव प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।
उनले रक्तदान गर्न आएकाहरुले पनि वर्षादका कारण रगत दिन नपाएको वताए ।
रक्तदानको उद्घाटन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले विपदमा परेका, उपचारमा रहेका बिरामीलाई आवश्यक रगतको लागि रक्तदानले महत्वपूर्ण सहयोग पुग्ने बताए ।
संघका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रम महासचिव प्रभाव खतिवडाको संचालनमा भएको थियो ।




















