विष्फोट न्युज
धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार्षिक उत्सव कार्यक्रम विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिसहित सम्पन्न भएको छ।
मन्टेश्वरीले शनिवार सैनिक भवन सभाहलमा विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा बालबालिकाहरूले नृत्य, भाषण, नाटक तथा संगीत प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रममा विभिन्न विधामा उत्कष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो।

प्रिन्सिपल लिम्वुले बालबालिकाहरु भित्र भएको प्रतिभा प्रस्फुटन, गराउनका लागि आत्म विश्वास वृद्धि होस भन्ने उदेश्यले कार्यक्रमहरु गरीदै आएको वताइन । विद्यालयले आगामी दिनमा यस्ता रचनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।
प्रमु्ख अतिथि रहेका धरान १० का वडाध्यक्ष विवेक राईले स्कुललाई आफूले गर्ने सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।




















