विष्फोट न्यु्ज 

धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई दिएका कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कक्षा ९ (२०८२ ब्याच) र विद्यालयको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एसईई दिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गरिएको स्कुलका निर्देशक गंगाराम राईले वताए ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक गंगाराम कुलुङ राईले यो केवल बिदाइ मात्र नभई शुभकामना आदान–प्रदान कार्यक्रम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिएका थिए।

कार्यक्रममा एन प्याप्सन धरानका कोषाध्यक्ष पृथ्वी रैका मगर प्रमुख अतिथि रहेका थिए । 

प्रमुख अतिथि पृथ्वी रैका मगरले विद्यालय जीवनको एक चरण पूरा भएको र अबका दिनहरूमा नयाँ चुनौतीहरू सामना गर्नुपर्ने उल्लेख गरेका थिए । उनले असफलताबाट नडराई निरन्तर प्रयास गर्न सुझाव दिँदै थोमस अल्वा एडिसनको उदाहरण प्रस्तुत गरेका थिए।

सो अवसरमा विद्यार्थीहरूले नृत्य, गायन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरी  उत्साहपूर्ण बनाएका थिए। विद्यालयका अनुसार कार्यक्रम आत्मीय, भावनात्मक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।