विष्फोट न्युज 

धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला पार्क क्षेत्रमा किरात राईहरुको पहिचानको प्रतिको रुपमा रहेको ढोल, झ्याम्टा, वावु, सोलतुमरसोलेवा स्तम्भ र तीन चुला खिम साकेला थान उद्घाटन भएको छ ।

किरात राईहरुको पहिचानको प्रतिक स्तम्भ निर्माण समितिको आयोजनामा निर्माण भएको सामाग्रीहरुको शुक्रवार एक कार्यक्रमका वीच उद्घाटन भएको हो । 

किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले निर्माण भएको सवै सामाग्रीको उद्घाटन गरेका थिए । 

कार्यक्रममा वडा नं.४ का वडाध्यक्ष राजन राई,मूर्तिकार रोजन राई, दाताको तर्फबाट नगेद्र राई लगायतले शुभकामना दिएका थिए ।करिव ८ लाखको लागतमा निर्माण गरीएको सो सामाग्रीहरु करिव २ कठ्ठामा फैलिएको छ ।

कार्यवाहक अध्यक्ष राजन राईले निर्माण सामाग्रीले वडाको पहिचान झल्काएको वताए । 

समुदायको संस्कार संस्कृति मौलिक पहिचानलाई संरक्षण र संवद्धन गर्दै समुदायलाई एकत्रित गर्नको लागि निर्माण सामाग्रीले ठूलो प्रभाव पार्ने निर्माण समितिका संयोजक चण्डीमान नाछिरीङ राईले वताए । 

किरात राईहरुको संस्कार संस्कृतिका लागी चाहीने ढोल झ्याम्टा,चिन्डो लगायतको पहिचान झल्कने सामाग्री निर्माणले समुदायमा सस्कृति प्रति अपनत्व झल्कने विश्वास रहेको संयोजक राईको भनाई रहेको छ । 

डिग बहादुर राईको सभापतित्वमा भएको सो कार्यक्रममा सविना याखाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने कार्यक्रमको संचालन चण्डीमान नाछिरीङ राईले गरेका थिए ।

कार्यक्रममा निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई ताम्रापत्र र सम्मान पत्रले सम्मान गरीएको थियो ।