विष्फोट न्युज 
धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ मा विद्यार्थीहरुवीच चुनावी प्रतिष्पर्धा सम्पन्न भएको छ ।

स्कुलमा विद्यार्थी नेतृत्व चयनका लागि चुनावी प्रतिष्पर्धा भएको हो ।

निर्वाचन परिणाम अनुसार विद्यालयको विद्यालय क्याप्टेन पदमा आयुष योगी विजयी भएका छन् भने विद्यालय उप–क्याप्टेन पदमा सन्दीप राई निर्वाचित भएका छन्।

त्यसैगरी विभिन्न हाउसतर्फ पनि नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार रातो हाउस क्याप्टेनमा हिमानी श्रेष्ठ, उपक्याप्टेनमा रिदम श्रेष्ठ, निर्वाचित भएका छन् भने निलो हाउस क्याप्टेनमा रणजीत मगराती उपक्याप्टेनमा  क्रिस्टिना पुरकुटी निर्वाचित वनेकाछन् ।

यता हरीयो हाउस क्याप्टेनमा साहिल श्रेष्ठ र उप–क्याप्टेनमा भाविता बि.के. तथा  पहेलो हाउस क्याप्टेनमा सोनल बुढाथोकी,उप–क्याप्टेन – करण मगर निर्वाचित वनेकाछन् ।

निर्वाचितहरुलाई शपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरीएको स्कुलका निर्देशक अनिश राईले जानकारी दिएकाछन् ।

विद्यार्थीहरुलाई प्रजातान्त्रिक निर्वाचन प्रणाली र यसको विधिका वारेमा जानकारी दिन प्रत्यक्ष निर्वाचन मार्फत यसको शिक्षा दिईको निर्देशक राईको भनाई रहेको छ । कुनै पनि प्रतिनिधिको निर्वाचन कसरी हुन्छ कसरी प्रतिनिधि चयन हुन्छ भन्ने विषयमा विद्यार्थीहरुलाई शिक्षा दिईको निर्देशक राईको भनाई रहेको छ ।