छाल खवर
धरान,२४ जेठः प्राइम भिजन इन्टरनेशनल कलेज धरान ९एख्क्ष्ज्ः० ले शैक्षिक सत्र २०८३ का नवप्रवेशी विद्यार्थीहरूका लागि इटहरीस्थित रामाडा बाइ विन्धम होटलमा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कक्षा ११, एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट ९ब्म्ज्ः० तथा एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी ९ब्म्क्ष्त्० का विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा ५० भन्दा बढी विद्यार्थी उत्साहपूर्वक सहभागी भएका थिए।
धरानबाट नयाँ शैक्षिक सत्रका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने पहिलो कलेज बनेर प्राइम भिजनले फरक पहिचान स्थापित गरेको छ।
कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठले आधुनिक विश्वमा शैक्षिक ज्ञानसँगै व्यावहारिक सीप, अन्तर्राष्ट्रिय एक्सपोजर र रोजगारमुखी शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै प्राइम भिजनले यिनै पक्षलाई केन्द्रमा राखेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए।
विशेष अतिथि ीऋऋक्ष् न्त्त का पार्टनरसिप हेड दिवस योन्जनले धरानमै बसेर विश्वस्तरीय शिक्षा प्राप्त गर्न सकिने अवसरबारे प्रकाश पार्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त पाठ्यक्रम, प्रमाणपत्र तथा विश्वव्यापी रोजगारीका अवसरबारे जानकारी गराए।
उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र व्यावसायिक दक्षता विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
कलेजका निर्देशक दुर्गा सुवेदीले नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै अनुशासन, मेहनत र लक्ष्यप्रतिको प्रतिबद्धताले सफलता सुनिश्चित गर्ने उल्लेख गरिन्। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि कलेज सधैं प्रतिबद्ध रहने विश्वास व्यक्त गरिन्।
कार्यक्रमको अर्को आकर्षणका रूपमा विद्यार्थीहरूलाई रामाडा बाइ विन्धम होटलमा स्वागत नास्ता गराइएको थियो भने होटलका विभिन्न विभागहरूको अवलोकन भ्रमणमार्फत होटल उद्योगको वास्तविक कार्यप्रणाली र व्यावसायिक वातावरणबारे प्रत्यक्ष अनुभव दिलाइएको थियो।
यस अवसरमा विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक लर्निङ ब्याग, पुस्तकहरू तथा हस्पिटालिटी कार्यक्रमका विद्यार्थीहरूलाई किचन किट निःशुल्क वितरण गरिएको थियो।
प्राइम भिजन इन्टरनेशनल कलेज हाल धरानको एकमात्र कलेज हो, जहाँ विद्यार्थीहरूले ंद्द अध्ययनसँगै ब्म्ज्ः वा ब्म्क्ष्त् जस्ता अन्तर्राष्ट्रिय स्तरका एड्भान्स डिप्लोमा कार्यक्रम अध्ययन गर्न पाउँछन्।
कक्षा १२ पूरा गरेपछि सशुल्क इन्टर्नसिपमार्फत व्यावहारिक अनुभव हासिल गर्ने विशेष सुविधा समेत उपलब्ध रहेको कलेजले जनाएको छ।
कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा, व्यावसायिक सीप विकास र विश्वव्यापी करियरका सम्भावनाबारे स्पष्ट जानकारी दिनुका साथै नयाँ शैक्षिक यात्राप्रति थप उत्साहित र प्रेरित बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।




















