विष्फोट न्युज
धरान,२४ जेठ ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनले सागर दाहाललाई सभापतिमा निर्वाचित गरेको छ ।
शनिवार भएको जिल्ला अधिवेशनले दाहाललाई सभापतिमा निर्वाचित गरेको हो ।
नवगठित कार्यसमितिको उपसभापतिमा राजेशमान श्रेष्ठ, सचिवमा राजाराम मेहता तथा सहसचिवमा योगेन्द्र गिरी निर्वाचित हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा लक्ष्मी सुवेदी, राजकुमारी देवी मेहता, धर्मवीर आर्य, रेणुका हरिजन र गोकुल थापा निर्वाचित हुनुभएको छ।
नव निर्वाचित उपाध्यक्ष श्रेष्ठले सुनसरी जिल्लामा पार्टी संगठनलाई थप सशक्त, प्रभावकारी र जनमुखी बनाउने पार्टीको लक्ष्य र योजना रहेको प्रतिक्रिया दिएकाछन् ।
श्रेष्ठले नव निर्वाचित नेतृत्वले पार्टीको सिद्धान्त, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभ्यासलाई अझ मजबुत बनाउँदै सुनसरी जिल्लाका नागरिकको अपेक्षा अनुरूप काम गर्ने विश्वास व्यक्त गरेकाछन् ।




















