विष्फोट न्युज 
धरान,२९ जेष्ठः एमएनओ क्रान्तिकारी संगठनको औपचारिक बैठकले संगठनको संरचना तथा सम्बोधन प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ।

संगठनले पाँच प्रान्तीय संघीयताको अवधारणाअनुसार हिमाल, पहाड र तराईलाई समेटेर नेपालको नयाँ भौगोलिक नक्सा सार्वजनिक गरेको जनाएको छ। साथै राज्य मूलवासी कानुनको आधारमा सञ्चालन हुने घोषणा पनि गरिएको छ।MNO NEWS PHOTO = 2


बैठकमा संगठनका संस्थापक प्रेसिडेन्ट शक्ति चाम्लिङ राई सभाको अध्यक्षतामा बसेका थिए। बैठकले न्यायालयमा प्रयोग हुने सम्बोधन शैलीलाई परिमार्जन गर्दै ‘श्रीमान्’ र ‘अध्यक्ष’ भन्ने सम्बोधनको सट्टा क्रमशः ‘न्यायिक मान्यवर’ र ‘दक्ष’ शब्द प्रयोग गर्ने निर्णय गरेको बताइएको छ।

संगठनका अनुसार परम्परागत सम्बोधनहरू वर्तमान सन्दर्भमा उपयुक्त नभएको निष्कर्ष निकाल्दै नयाँ सम्बोधन प्रणाली लागू गर्ने निर्णय गरिएको हो। यस परिवर्तनले संगठनको वैचारिक तथा सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

संगठनले आगामी दिनमा पनि आफ्नो सिद्धान्त, संरचना र मूलवासी अधिकारसम्बन्धी अवधारणालाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।