विष्फोट न्युज
धरान,३१ जेष्ठः नेवाः च्यारेटी एजुकेशन फण्ड २०८३ अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ।
फण्डले सार्वजनिक गरेको छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको नामावलीअनुसार धरानका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू लाभान्वित भएका छन्।
छात्रवृत्ति प्राप्त गर्नेमा पव्लिक मा.वि. धरान–१२ का तोहित अन्सरी, सम्यक आधारभूत विद्यालय धरान–१७ का बेबो राई, सदन मा.वि.धरान–१५ का सोलिड राई, सम्यक आधारभूत विद्यालय धरान–१७ की एलिसा राई रहेका छन्।
उक्त छात्रवृत्ति कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउन तथा आर्थिक अभावका कारण पढाइमा असर नपरोस् भन्ने उद्देश्य राखिएको फण्डका अध्यक्ष हेमन सुनुवारले जानकारी दिएकाछन् ।
शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको धरान रन नेवा च्यारेटी एजुकेशन फण्डले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
छात्रवृत्तिले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।




















